मन

मन शुन्य भाको बेला

बादल पनि एकनास टोलाउँछ

म त खोज्छु तिम्रो नयन

बादल म संगै बहुलाउँछ

कति अनौठो छ सम्बन्ध

म रोएर उ झरेर सुस्ताउँछ ।। IMG_0174

Advertisements

#Drunk

मदिरा माहारानी

दिलकी तिमी

ठाडो खुट्टो

साँझ मस्कन्छ

ज्यानले भाका फेर्छ

जादु यस्तो

गीत स‌ंगीत फुर्छ

प्रेयसीका यादहरु…

मध्यरात कवि बनाउँछ ।।

कविता

कविता लेख्छु
उल्टाई पल्टाई पढ्छु
कसै बुझ्दीन
के लेखें लेखें
होस् यस्तै हो भन्छु
पुरस्कार ताली जित्छु
सधैं
नबुझिने कविता लेख्छु।।

बागमती

बगेकै छु

धमिलो रंगमा

अझ पखाल

पिडाहरु

विकार सबै

हुँला त निश्चल

बगुलाँ हर अंगमा ।।

Bagmati River During Aarati At Pashupatinath

Bagmati River During Aarati At Pashupatinath

प्रेमको खुलापत्र!

खिइएको छ

समुन्द्रको छालमा

यो खुलापत्र ।

पोखिन्छ फेरी

अन्तहिन मायाको

खुल्ला त्यो क्षेत्र ।

भावनाहरु

खेल्छ मन तलमा

भो कुरुक्षेत्र ।

सुकेन कहीँ

सुवास नयनको

गुलाबपत्र ।

सृंगार रस

यत्र तत्र सर्वत्र

यो प्रेमपत्र ।

‪#‎RohtakShame

म के सोच्छु

कता हिड्छु

के बर्बराउछु

के खोजीरहन्छु

मलाई थाहा हुन्न

म चिथोरिएको

लुटिएको थाहा पाएँ

अहिले चीर शान्ति छ

कुनै दुख छैन

न पीडा नै

रोए होलान् आफन्त

दुखे होलान् मनहरु

केही प्रश्नहरु बाँकी छन्

के निरीह म दोषी हुँ

महिला हुनु दोष हो

कति रोयो होला ढुँगा

मेरो पीडाको तापले

कति पिरोलियो होला लाठी

मेरो शरिरको रापले

आधा शरिर लुछिदाँ

बहुलायो होला जनावर

मेरा रगतका छिटाले

बेनाम बेठाम वेवारिस भएँ

मेरा भावहरु सेलाउनु

मेरा पीडाहरु सेलाउनु

बिर्सन्छु सबै म बरु

तिमीहरु मात्र मानव हुनु ।।  ‪#‎RohtakShame

पानीका थोपाहरु!!

स्पन्दन कति मिठो

परेर कपाल भरी

मोतीहरुको संगित

बग्दछ बदन भरी

चुम्दछ अंग अंगमा

उमंगले बाँधिन्छीन् सुन्दरी ।।